नागढुङ्गा-नौबिसे सडक खण्ड एकतर्फी सञ्चालन


५ श्रावण २०७९, बिहीबार
nagdhunga Sadak pahiro 1 ILO7QNa33M

काठमाडौँ । काठमाडौ प्रवेशको मुख्य नाका नागढुङ्गा-नौबिसे सडक खण्डमा बिहानैदेखि आलोपालोमा गाडी चलिरहेका छन् । यो सडक खण्ड अन्तर्गत पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले सडक एकतर्फी मात्रै खुलेको छ ।

एकतर्फी मात्रै सडक खुलेकाले आलोपालो गरेर गाडी पास गराइएको प्रहरीले जानकारी दिएको छ । यो सडक खण्ड भएर दैनिक हजारौं गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ । अहिले पनि यो सडकमा गाडीको लामो लाइन लागेको छ ।

यसैबीच, सडकमाथिबाट खसेको ढुङ्गाका कारण काठमाडौ र नुवाकोट चल्ने गाडी पनि रोकिएका छन् । नुवाकोटको तीनपिप्ले -पाँचमाने सडक खण्डमा ढुङ्गा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७