इक्वेडरको कारागारमा हिंसा भड्किँदा १३ जनाको मृत्यु


५ श्रावण २०७९, बिहीबार
equdor

काठमाडौँ । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो ।

अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूणर् नियन्त्रणमा लिएको जनाएका छन् । जेल हिंसा सन् २०२१ को फेब्रुअरीदेखि गोली चलेको छ । कारागारमा दुई परस्पर विरोधी गिरोहबीच भएका लडाइँमा ४ सयभन्दा बढी कैदी मारिएका छन् ।

गृहमन्त्री क्यारिलोले बेलाभिस्टा जेलमा भएको यो पछिल्लो डरलाग्दो झडपपछि १३ शव फेला पारिएको बताए । सेलभित्र खोजी गर्ने क्रममा थप शव फेला पर्न सक्ने उनले अनुमान गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७