पोखराका मेयर आचार्यको सम्पत्ति : ४३ करोड ६१ लाख रुपैंयाँ

काठमाडौँ र पोखरामा तीन घर, चार गाडी, ५४ तोला सुन र पाँच तोला हिरा


५ श्रावण २०७९, बिहीबार
dhanraj acharya pokhara oFKtl3EOQN

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण पोखरा महानगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरेका हुन् ।

मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६ सय १६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग गरी २ करोड ८५ लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख छ । ऋण घटाउँदा पनि उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६ सय १६ रूपैयाँ छ ।

मेयर आचार्यको सबैभन्दा धेरै रकम शेयरमा छ । विभिन्न कम्पनीमा शेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रूपैयाँ रहेको उल्लेख गरेका छन् । उनको सबैभन्दा धेरै शेयर जलविद्युत् आयोजनामा रहेको छ । त्यस्तै पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा ८७ लाख रुपैयाँ पर्ने जग्गा छ ।

उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको विवरण दिएका छन् । पोखरा-९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा घर, काठमाडौंको सीतापाइलामा श्रीमतीकै नाममा १ करोड ८५ लाख मूल्य बराबरको एउटा घर रहेको छ । त्यस्तै उनले ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७