अभिनेत्री मिरुनाले बेलायतको ब्रनेल विश्वविद्यालयबाट जितिन् ‘गोल्ड अवार्ड’


५ श्रावण २०७९, बिहीबार

काठमाडौँ । ‘कबड्डी-४’ अभिनेत्री मिरुना मगरले बेलायतको ब्रनेल विश्व विद्यालयबाट ‘गोल्ड अवार्ड’ हात पारेकी छन् । उनले मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड जितेकी हुन् । यो खुशी उनले इन्स्टाग्राममार्फत शेयर गरेकी छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले अध्ययन गरेकी हुन् ।

उनले भनेकी छन्, ‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कयौं क्षणको नतिजाको रुपमा अन्ततः उपलब्धि हासिल भएको छ । परिवार र साथीहरूको समर्थन र साथका लागि धन्यवाद ।’

करिब आधा दर्जन फिल्म अभिनय गरेकी मिरुनाको हिट फिल्म ‘कबड्डी-४’ हो । यो प्रदर्शन समयमा उनी ‘ब्याड टच’ प्रकरणले विवादमा तानिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७