चाबहिलको गोदाममा प्रहरीको छापा : राजस्व छलिएका एक करोडको सामानसहित एक पक्राउ


५ श्रावण २०७९, बिहीबार
pakrau1 20220721135635

काठमाडौं । राजस्व छलि गरेर ल्याएको एक करोड बढीको सामग्रीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा पर्सौनी गाउँपालिका-१ घर भइ काठमाडौं महानगरपालिका-७ साततले बस्ने ४० वर्षीय छबिलाल अगस्ती पक्राउ परेका हु्न् ।

काठमाडौंको चावहिलस्थित भाडाको घरमा गोदाम बनाएर राखेको सूचनाको आधारमा बुधबार प्रहरीले सामग्रीसहित उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार विभिन्न ब्रान्डका २९८० बन्डल विदेशी चुरोटहरू, ४२० केजी मुर्गा छाप सन फ्लावर लगायतका विभिन्न किसिमका पटका, ४८ केजी पानराज गुट्खा, ३८० थान फिङ्गर प्रिन्ट अक्सिमिटर र बजाज मोटरसाइकलको पाटपूर्जा र इलेक्ट्रोनिक चिप्सहरू बरामद गरिएको छ ।

एक करोड रुपैयाँ मूल्य बराबरको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर र बिष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गतको मुद्दामा आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी टेकुमा पठाइएको छ । उनले श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्दै आएको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७