भीम रावलप्रति रंगमती शाहीको ब्यङग्य : सभामुख ज्यूको आसन नै कब्जा हुने त हैन ?


५ श्रावण २०७९, बिहीबार
42 Shares
Rangamati shahi

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले सभामुख अग्नि सापकोटाको आसन नै कब्जा हुने त हैन भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले संसद जनताको आवाजको थलो भएको बताउँदै जनताको आवाज संसदमा नबोले कहाँ बोल्ने भन्दै प्रश्न गरिन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

संसदमा जनताको आवाज बोल्न पाइने बताउँदै उनले जसले संविधान, संसदको नियमावली लेख्छ उसैले बिर्सेर राष्ट्रवादका कुरा गरेर रोस्टम कब्जा गर्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न समेत गरिन् । उनले भनिन्, ‘प्रतिनिधिसभा नियमावली नियम २३ मा सभामुखको आदेश सांसदले पालना गर्नुपर्नेछ भनेर उल्लेख गरिएको छ । माननीय ज्युले आफैंले बनाएको नियमावली पढाउन स्कूल पठाउने हो भने पीएचडी गरेको प्रमाणपत्रको अपमान हुने भयो सभामुख महोदय ।’

उनले सभामुखको आसन नै कब्जा हुने हो कि भनेर चिन्ता बढेर गएको बताइन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि ७ मिनेट समय पाएका सांसद भीम रावलले झण्डै २० मिनेट संसदको रोष्टम कब्जा गरेका थिए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७