मुख्यमन्त्री राई भन्छन्, ‘अहिलेकै संसदले प्रदेशको नामाकरण गर्नुपर्छ भन्ने छ र ?’

प्रदेश-१ को नाम ‘लिम्बुवान’ नराखे आठ प्रदेश बनाउन संघर्ष


५ श्रावण २०७९, बिहीबार
21 Shares
Liumbuwan 1 EwiGy9vWTb

मोरङ । लिम्बुवान किरात संघर्ष समितिले प्रदेश-१ को नामकरण गर्दा लिम्बुवान अटाउन नसके आठ प्रदेशको मागसहित आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

मोरङको विराटनगरमा प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै संघर्ष समितिले अहिलेकै संरचना अनुसार प्रदेश-१ को नामकरण किरात-लिम्बुवान हुनुपर्नेमा जोड दिएको छ । लिम्बुवान नजोडिए आठ प्रदेशको माग गर्दै सडकमा उत्रिने संघर्ष समितिका संयोजक प्रेम याक्थुमले बताए । ‘हामी लिम्बुवानको आन्दोलनमा सबैलाई संयोजन गर्ने जिम्मा किरात याक्थुम चुम्लुङले गरेको छ । यसमा हामी मात्रै छैनौं । सम्पूणर् पहिचानवादीको साथ छ ।’ उनले थपे, ‘नाममा लिम्बुवान नजोड्ने परिस्थिति हुने हो भने प्रदेश नम्बर आठ बनाएर लिम्बुवानका लागि फरक तरिकाले हामी लड्नुपर्ने हुनसक्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले कहिल्यै पनि आन्दोलनका क्रममा नआएको नाम कोशी र सगरमाथा अहिले चर्चामा आएको भन्दै लिम्बुवानको विषयमा संसदमा बहस नहुने गरेकोप्रति असन्तुष्टि सुनाए । उनले प्रदेशको नाममा लिम्बुवान नजोडे अधुरो रहने पनि बताए । ज्ञापनपत्र बुझ्दै प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले किरातकै छाताभित्रै लिम्बुवान पनि हुन्छ भन्ने हिसाबले प्रस्ताव आएको भन्दै लिम्बुवान जोड्दा पनि फरक नपर्ने बताए ।

limbuwan

उनले आफूले जनताको मागलाई सम्बोधन हुने र शान्तिका लागि पहिचान जोड्नुपर्ने कुरा गर्दा आन्दोलनलाई भड्कायो भनेर आलोचना भएको गुनासो गरे । यद्यपि त्यसलाई सामान्य रुपमा लिने उनले बताए । ‘मैले शान्तिका कुरा गर्दा अपव्याख्या भइरहेको छ । दिँदा शान्ति हुन्छ, नदिँदा आन्दोलन हुन्छ । आन्दोलनको कुनै सीमा र अवधि हुँदैन । त्यो आन्दोलन जहाँ पनि पुग्न सक्छ,’ उनले भने, ‘त्यसो भन्दा मुख्यमन्त्रीले नै आन्दोलनका लागि भड्कायो भन्ने विषय आएको छ । यसमा मलाई कुनै चिन्ता छैन । म एउटा परिवर्तनकारी हुँ, एउटा क्रान्तिकारी हुँ ।’

jagdamba.cement
rbbbb

उनले २०६२/०६३ को आन्दोलन पनि अधुरो रहेको भन्दै अधुरो क्रान्तिलाई पूरा गर्न आफू सडकबाट पनि आन्दोलन गर्ने र सरकारमा बसेर पनि परेको बेला आन्दोलन गर्न सक्ने प्रस्ट पारे । मुख्यमन्त्री राईले अहिलेको कानुन, संविधान पनि धेरै परिवर्तन गर्न जरुरी रहेको बताए । उनले भने, ‘अहिलेको संविधान जस्ताको तस्तै स्वीकार्न जरुरी छैन । यो विषयमा सबैले भन्दा हुन्छ, ठूलाठूला अक्षरमा लेखिदिँदा हुन्छ, मलाई केही फरक पर्दैन । म गल्ती नगर्ने र नडराउने मान्छे हुँ ।’

उनले प्रदेश-१ को नाम एकदमै नेगेटिभ राख्नुभन्दा नराख्नु राम्रो भएको पनि बताए । ‘अहिलेकै संसदमा नाम ल्याउनु पर्छ भन्ने छ र ? अर्को संसदले ल्याउँछ । यो कुरा लुकाउनु पर्ने छैन । त्योसम्मको भूमिका मेरो रहन्छ,’ उनले भने । किरात लिम्बुवान जोड्दा केही फरक नपर्ने उनले दोहोर्‍याएर ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७