जनप्रतिनिधिलाई नेकपा एसको १६ बुँदे निर्देशन (पत्रसहित)

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले आफ्ना जनप्रतिनिधिलाई १६ बुँदे निर्देशन जारी गरेको छ ।
राजधानीमा दुई दिनसम्म जारी स्थानीय जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम दिँदै समाजवादीले निर्देशन जारी गरेको हो ।
निर्देशनमा सादा जीवन, उच्च विचारका साथ जीवन बिताउँदै जनपक्षीय शैली अपनाउन भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता जस्तो जनविरोधी रोगहरूलाई समाप्त पार्न, आ-आफ्नो कार्यक्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन लगायतका प्रतिबद्धता जनाइएको छ ।
हेर्नुस् प्रतिवद्धता पत्र