अरनिको पाँडेले ललितपुरबाट स्वतन्त्र उम्मेदवारी दिने


५ श्रावण २०७९, बिहीबार
Araniko pandey

काठमाडौँ । अरनिको पाँडेले ललितपुर क्षेत्र नम्बर-३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवार बन्न लागेको जानकारी गराएका छन् ।

वायुमण्डलीय वैज्ञानिक तथा नीति सल्लाहकार समेत रहेका पाँडे हिमालय क्षेत्रको वायु प्रदुषण, जलवायु र दिगो विकासको विशेषज्ञ समेत हुन् । उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातक तहको अध्ययन सकेका छन् ।

त्यसै गरी युनिभर्सिटी अफ विस्कन्सिनबाट स्नातकोत्तर र एम आईटीबाट विद्यावारिधी हासिल गरेका छन् । उनी एमआईटी र प्रिन्सटन विश्वविद्यालयबाट पोस्ट डक्टरेट अध्ययन पूरा गरी युनिभर्सिटी अफ भर्जिनियामा प्राध्यापन समेत गरेका छन् ।
जलवायु परिवर्तनले नेपालमा ल्याउने विनास र दुःखबारे चिन्तित भएर र नेपालले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने र नेतृत्व लिनुपर्ने देखेर उम्मेदवारी दिन लागेको जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७