गायिका दिलमायाको हत्या भएको प्रहरीले यसरी निकाल्यो निष्कर्ष


५ श्रावण २०७९, बिहीबार
dilmaya cover picture HpXBWFsv6I

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका दिलमायाका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई जन्म कैदको सजाय माग गरिएको छ ।

पक्राउ परेका श्रेष्ठ कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय हुने कानुनी प्रावधान छ । गायिका दिलमाया सुनारको हत्यामा उनका प्रेमी भनिएका खिलबहादुर श्रेष्ठ नै दोषी भएको भन्दै नेपाल प्रहरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा साउन ३ गते अनुसन्धान प्रतिवेदन पेश गरेको थियो ।

गत असार ११ गते शनिबार तार्केश्वर नगरपालिका-११ स्थित नेपालटारको डेरामा लोकदोहोरी गायिका दिलमायाको शव झण्डिएको अवस्थामा फेला परेको थियो । शुक्रबार राति उनको फेसबुकमा ‘सुसाइड नोट’ पोस्ट गरिएको फेला परेपछि प्रहरीले सुरुमा उनले आत्महत्या गरेको आशंका गरेका थिए । पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि दिलमायाको मृत्यु झुन्डिएर नै भएको उल्लेख थियो ।

प्रहरीले मंगलबार जिल्ला वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई हाल काठमाडौंको गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर नै हत्यामा संलग्न भएको उल्लेख छ ।

प्रहरीसँगको बयानमा उनले झुटो बोलेको स्पष्ट भएको, दिलमायाले स्टाटस लेख्न प्रयोग गरेको मोबाइल अझै नभेटिनु र दिलमायाको सल उनले नै पाँच किलोमिटर टाढा लगेर फ्याँक्नुले उनीमाथि अनुसन्धान सोझिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७