एनआइसी एशिया बैंककाे २५ वर्षको २० उपलब्धी


५ श्रावण २०७९, बिहीबार
Nic asia bank 25 years scaled

काठमाडौं, ५ साउन । एनआइसी एशिया बैंक आज (बिहीबार) देखि २५ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५५ साउन ५ गते अर्थात १९९८ जुलाई २१, मंगलबारका दिन स्थापना एनआईसी बैंकको नामबाट स्थापना भएको बैंक २०७० साल असार १६ गते एनआईसी बैंक र बैंक अफ एशिया नेपाल लिमिटेडबीच मर्जर भएपछि एनआइसी एशिया बैंक बन्यो ।

तत्कालीन अवस्थामा बिराटनगरको एउटा शाखाबाट सुरु भएको एनआईसी बैंक अहिले नेपालको निजी स्तरको नम्बर १ बैंक बन्न सफल भएको छ । विराटनगरस्थित मेनरोडमा अहिले पनि सो शाखामा अहिलेको एनआईसी एशिया बैंकको कार्यालय रहेको छ । स्थापनाकालमा एनआईसी एशिया बैंकको कुल चुक्तापूँजी ८ करोड १२ लाख ५० हजार रुपैयाँ थियो । १९ जना कर्मचारी थिए । सोहि आर्थिक बर्षको अन्त्यसम्ममा बैंकले थप ४ कर्मचारी थपी कुल २३ कर्मचारी बनायो ।

जगदीश अग्रवाल अध्यक्ष रहेको सो एनआइसी बैंकमा लोकमान्य गोल्छा, सुभासचन्द्र संघई, तुलसीराम अग्रवाल , वासुदेव गोल्याण, निर्मल कुमार अग्रवाल, सीताशरण पाण्डे संचालक थिए भने श्याम सापकोटा कम्पनी सचिव थिए ।

सुरुवाती समयको एनआईसी बैंकमा सिइओ केआर आइएर, शशिन जोशी, लक्ष्मण रिसाल हुँदै अहिले रोशन कुमार न्यौपाने बैंको सिइओ छन् ।

बैंकले हालमुलुकभर रहेको आफ्नो ३५९ शाखाकार्यालयहरू, ४७३ एटिएम, १०२ वटाविस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवाप्रदानगर्दै आइरहेको छ ।

एनआईसीको २५ औं वर्षमा यात्रा उपलब्धी
१.
नेपालको निजी स्तरको नम्बर १ बैंक

२. आर्थिक वर्ष २०५६/५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयर धनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको छ । जसको प्रतिफल आजको बजार मूल्यमा ९ हजार ५२० रुपैयाँ ९७ पैसा बराबर हुन्छ ।

३. नेपाल सरकारलाई बैंकले आफ्नो स्थापनाकालदेखि हाल सम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व तिरेको छ । बैंकका अनुसार गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै बैंकले ३ अर्ब ४१ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाइ समग्र वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको छ ।

४. उक्तवित्तीयविवरण अनुसार बैंकले २०७८/७९ मा खुद मुनाफातर्फ ४.५३ अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक बिन्दुगत आधारमा ३९ प्रतिशत वृद्धि हो । बैंकको स्वःपुँजीमाप्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले दाबी गरेको छ । बैंकले प्रति सेयर आम्दानीतर्फ ३९ रुपैयाँ १३ पैसा आर्जन गर्न बैंक सफल भएको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।


५. बैंकको कुलपुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत छ । बैंकले आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यही त्रैमाससम्ममा बैंकले कुलकर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरू कर्जा विस्तार गरेको छ ।

६. बिराटनगरबाट सुरु भएको बैंकमा सुरुमा १९ जना कर्मचारी थिए । सोहि आर्थिक बर्षको अन्त्यसम्ममा बैंकले थप ४ कर्मचारी थपी कुल २३ कर्मचारी बनायो । स्थापनाकालमा एनआईसी एशिया बैंकको कुल चुक्तापूँजी ८ करोड १२ लाख ५० हजार रुपैयाँ थियो । अहिले निजी स्तरको नम्बर १ बैंक बन्न सफल एनआईसी एशिया बैंक क्षेत्रीय बैंकका रुपमा स्थापना भएको थियो ।

७. एनआईसीले आर्थिक वर्ष २०५६/०५७ मा १७.५ करोडको प्राथमिक सेयर (आइपीओ) निष्कासन गरेको थियो । सो आइपीओमा ८ गुणाभन्दा बढीले आवेदनदिएका थिए । त्यतिबेला पनि बैंकिको आइपीओ मध्ये सबैभन्दा बढी आवेदन पाउने बैंक बनेको थियो एनआईसी । आइपीओमा सबैभन्दा बढी आवेदन रकम संकलन गरेर बैंकले त्यतिबेला नै इतिहास बनाएको थियो ।

८. एनआईसी बैंकले नेपालमा पहिलो पटक सेभिङ अकाउन्टमा लाइफ इन्स्योरेन्स घोषणा गरेको थियो । सन् २००३ मा ‘एनआईसी लाइफ सेभिङ अकाउन्ट’ नामक स्किम ल्याएको एनआईसीले ल्याएको यो प्रोडक्टलाई पनि ऐतिहासिक रुपमा लिने गरिन्छ ।

९. एनआईसीले सन् २००४ मा नेपालमै पहिलोपटक सबैभन्दा सस्तो दरमा ‘घर सुविधा’ प्रोडक्टमार्फत होम लोनको सुविधा ल्यायो । त्यति बेला पनि एनआईसीले ल्याएको यो प्रोडक्टले नेपाली बैंकिङ क्षेत्रमानयाँ तरङ्ग ल्याएको थियो ।

१०. स्थापनाकालको ९ बर्षमा बैंकले ‘आई एस ओ ९००१ः२००८’ सर्टिफिकेशन प्राप्त गर्यो । बाणिज्य बैंकहरुमध्ये यो सर्टिफिकेसन पाउने एनआईसी नै पहिलो बैंक थियो । बैंकले आर्थिक बर्ष २०६६–६७मा यो सर्टिफिकेसन प्राप्त गरेको थियो । आर्थिक बर्ष २०६६/६७ मै बैंकले मुलुकमै पहिलो पटक आईएफसीबाट ‘लाइनअफक्रेडिट’ प्राप्त गर्यो ।

११. स्थापनाको १० बर्ष पुग्नै लाग्दा बैंकले बेलायतको ‘द फाइनान्सियल्स टाइम्स’ले दिने ‘बैंक अफ दिइयर २००७’ अवार्ड प्राप्त गर्‍यो। अहिले पनि यो अवार्डलाई नेपाली बैंकिङ क्षेत्रको सर्वोत्कृष्ट अवार्डका रुपमालिने गरिन्छ ।

१२. एनआईसी बैंकले सन् २००७मा नेपालमै पहिलो पटक बैंकिङ्ग च्यानलमार्फत विदेशबाट सुनचाँदी आयात गरी बिक्री वितरण गर्ने प्रणालीको थालनी गरेको थियो ।

१३. ‘फिक्स्ड डिपोजिट स्किम’को सुरुवात गर्ने बैक : ‘एनआईसी सुपर डिपोजिट’ नामक स्किम ल्याएर बैंकिङ इतिहासमा पहिलो उच्च ब्याजदर दिने ‘फिक्स्ड डिपोजिट स्किम’को सुरुवात एनआईसी एशिया बैंकले नै गरेको थियो ।

१४. बैंकले २००८ देखि डोमेस्टिक रेमिट्यान्स सुरु गर्‍यो । जुन सुकै शाखाबाट जुनसुकै शाखामा पैसा पठाउने यो सेवापनि नेपाली बैंकहरुका लागि नयाँ अभ्यास थियो । सन् २००९ मा बैंकले पुनः आइएसओः ९००१ ः २००८ प्राप्त गर्न सफल भयो । सन् २००९ मै बैंकले भिसा डेभिड कार्ड, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ, पीएसटीएल बिल पेमेन्ट र युटिलिटी बिल पेमेन्ट पनि सुरु गर्‍यो।

१५. वि.स. २०७० असार १६ गते एनआईसी बैंक र बैंक अफएशिया नेपाल लिमिटेडबीच मर्जर सम्पन्न भयो । मर्जरपछिको बैंक अर्थात एनआईसी एशिया बैंकले पुनः ‘बैंक अफदिइयर २०१३’ को अवार्ड प्राप्तगर्न सफलभयो । यो अवार्डले बैंक मर्जरपछि पनि सफल छ भन्ने प्रमाणित गरिदियो ।

१६. सन् २०१४ मा बैैंकले पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ ( स्ट्राटेजी २०२० ) तयार गरी कार्यान्वयनमा ल्याएको थियो । समाजलाई दिन पनि जान्नुपर्छ भन्ने तथ्य मनन गर्दै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्रमुख कार्ययोजनामा राख्दै आएको बैंकले २०७२ वैशाख १२ गते गएको महाभूकम्पका पीडीतलाई गरेको सहयोग बैंकिङ क्षेत्रमै ऐतिहासिक सहयोगका रुपमा हेरिने गरेको छ ।

१७. सन् २०१७ मा बैंकले एनआईसी एशिया क्यापिटल लिमिटेडको स्थापना गरेको छ । सन् २०१७ मै बैंकले एनआईसी एशिया रेमिट पनि सुरुवात भयो । सन् २०१८ माएनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको औपचारिक रुपमा सुरुवात भयो ।

१८. सन् २०१९ सम्मआइपुग्दा त बैंकले ठुलो ग्रोथ लिईसकेको थियो । आर्थिक वर्ष सन् २०१९/२० सम्मआईपुग्दा बैंक कर्जा, निक्षेप, नाफा, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिसेयर आम्दानीलगायतका सबै प्रमुख परिसूचकहरूमा बैैकिङ क्षेत्रकै नम्बर १ हुन पुगिसकेको थियो ।

१९. सन् २०१९ माआएको कोभिडले देशको अर्थतन्त्रमै ठुलो असर गरिरहेका बेलापनि बैंकले निरन्तर ग्राहकलाई सेवा दिईरह्यो । यहि बीचमा एनआईसी एशिया बैंकले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्डसमेत हात पार्न सफल भयो ।

२०. बैंक मुलुकभर रहेका ३५९ शाखाकार्यालयहरू, ४७३ एटिएम, १०२ वटाविस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवादिन बैंक सफल भएको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाहगर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७