स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान


६ श्रावण २०७९, शुक्रबार
baby

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१ फयालगाउँमा स्वास्थ्यकर्मी नभएपछि एक जना महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ ।

फयालगाउँस्थित सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा वडा नम्बर-१ मुक्तिकोटकी कार्तिके विकले बाटोमै सन्तान जन्माउनु परेको छ ।

गाउँपालिकाबाट यसअघि नियुक्त भएका करार कर्मचारीको चालु आर्थिक बर्षका लागि करार म्याद थप नगरी कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक गोष्ठीमा गाउँपालिका गएका बेला प्रसुती हुन पुगेकी विक फर्किदै गर्दा बाटोमै बच्चा जन्माउन पुगेकी हुन् । कार्तिके विक र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७