कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ ६२ पैसा र बिक्री दर १२८ रुपैयाँ २२ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रुपैयाँ ०७ पैसा र बिक्री दर १३० रुपैयाँ ६८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ६३ पैसा र बिक्री दर १५३ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९० पैसा र बिक्री दर ३५ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

