प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी


६ श्रावण २०७९, शुक्रबार
Parliment house samsad bhawans

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Capture 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७