इटालीका प्रधानमन्त्रीले दिए राजीनामा


६ श्रावण २०७९, शुक्रबार
dhragi zQAwK6fnDY

काठमाडौँ । इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ ।

‘राष्ट्रपति सर्जियो माटारेलाले मारियो द्राघीको राजीनामा प्राप्त गर्नुभएको’ गणतन्त्रको राष्ट्रपति कार्यालयका महासचिव उगो जाम्पेट्टीको विज्ञप्तिमा भनिएको छ ।

अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री द्राघी नेतृत्वको सरकारले नै कामचलाउ सरकारका रूपमा शासन सञ्चालन गर्नेछ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७