लिभरपुलको जितमा डेब्यु खेलाडी नुनेजको चार गोल

काठमाडौँ । डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्दतमा इङलिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५-० अन्तरले पराजित गरेको छ ।

बिहीबार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । अग्रता भने सलाहले लिएका थिए । यसपछि बेन्फिकाबाट यसै सिजन लिभरपुल आएका २२ वर्षीय नुनेजले चार गोल गरे ।
अब, लिभरपुलले अर्को खेलमा आरबी साल्जबर्गको सामना गर्नेछ । यसपछि लिभरपुल र म्यानचेस्टर सिटीबीच कम्युनिटी सिल्डका लागि वेम्बलीमा ३० जुलाईमा प्रतिस्पर्धा हुनेछ ।