रोबोटले पढाएपछि शिक्षकको रोजीरोटी गुम्दै


१८ चैत्र २०७४, आईतवार
robot1

एजेन्सी, विकसित देशहरूमा रोबोटको विकास अत्यन्तै तीव्र गतिमा भइरहेको समाचार हामीले पढ्दै आएका छौँ । सुनेका छौँ । कति प्रविधि विज्ञहरू दुई भागमा विभाजित छन् । एक समूह रोबोट विकासको पक्षमा र अर्को विपक्षमा । विपक्षको तर्क तीव्र रोबोट विकासले मानव जीवनमा समस्या उत्पन्न हुन सक्ने आशंका छ । हामीमा पनि रोबोटको विकासले मानव प्राणीमा संकट आइपर्दैन रु भन्ने प्रश्न जाग्ने गर्छ कहिलेकाहीँ ।

robot1
एलियास राेबाेट

हुन त प्रविधिको विकास हुनु राम्रो हो । तर, यसरी नै रोबोटले सबै काम गर्न थाले भने बेरोजगारीको संख्या बढ्ने सम्भावना चाहिँ छ । मानिसको तुलनामा एउटै रोबोटले धेरै काम गर्न सकेमा किन रोबोट प्रयोग नगर्ने रु भन्ने व्यवसायीमा सोच आउनु अस्वभाविक होइन । त्यस्तै यहाँ एक चमत्कारी रोबोटको चर्चा गरौँ ।

फिनल्याण्डमा एक रोबोटलाई शिक्षकको रूपमा प्रयोग गरिएको छ । स्थायी रूपमा नभए पनि शिक्षक भन्दा प्रभावकारी बन्न सके किन शिक्षकको आवश्यक्ता पर्छ होला र रु सुन्दा अचम्म लाग्छ रोबोटको आकार १ फुट उच्चाई भए पनि क्षमता भने भयङ्कर ठूलो छ । त्यो एक रोबोटले मात्रै २३ भाषामा पढाउन सक्ने क्षता छ । त्यसले निरन्तर विधार्थीलाई पढाउन सक्छ । आरामको आवश्यक्त पर्दैन । अर्थात् त्यसले शिक्षकले पढाउने भन्दा २ गुणा धेरै शिक्षा दिन सक्छ ।

फिनल्याण्डको एक टेम्परीस्थित प्राथमिक विद्यालयमा स्कुलमा परीक्षणका लागि प्रयोग गरिएको रोबोट निकै क्षमतावान मानिएको छ । यसको नाम एलियास राखिएको छ ।
रोबोटले पढाउँदा विधार्थी मात्रै दङ्ग पर्दैनन् शिक्षक पनि अचम्मित हुन्छन् । रोबोटले पढाएको समयमा विधार्थीले थकान महसुस गर्दैनन् । विद्यार्थीले अल्छी मानेमा नाचेर मनोरञ्जन समेत दिन्छ । प्रोग्राम युटेलियास कम्पनीले डिजाइन गरेको यो रोबोट विशेष गरी सफ्टबैंकको एनएओ इन्टरेक्टिभ क्याम्पेनियन रोबोट कार्यक्रम अन्तर्गत विकसित गरिएको हो ।

तर, यो स्कुलमा अन्य २ वटा रोबोट पनि शिक्षकका रूपमा छन् । ओबोट नामाकरण गरिएको २ रोबोटले गणित विषय बढाउने गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार यो रोबोटले पढाउँदा विधार्थीहरु पढाइप्रति चाख बढेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७