इन्डोनेसियाबाट ल्याइएको आठ ट्रक सुपारी रानी नाकाबाट बरामद


६ श्रावण २०७९, शुक्रबार
Supari Trak pBiOlrIlLX

मोरङ । इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट तस्करी गरी ल्याइएको आठ ट्रक सुपारी प्रहरीले बरामद गरेको छ । उक्त सुपारी गए राति विराटनगरको रानी नाकाबाट बरामद गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले सुपारीसहित नियन्त्रणमा लिएका ट्रकहरूमा युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका रहेका छन् ।

नेपाली सुपारी भनेर इन्डोनेसियाको सुपारी तस्करी गरी जोगमनी नाकाबाट भारत लैजान लागिएको थाहा पाएपछि प्रहरीले ती ट्रकलाई बरामद गरेको थियो । सुपारीको स्याम्पल प्रयोगशालामा पठाउन लागिएको प्रहरीले जनाएको छ । पहिलादेखि नै सक्रिय तस्कर समूहले भारत लैजान लागेको प्रहरी स्रोतले बताएको छ ।

‘हामी अनुसन्धानकै क्रममा छौँ, पहिलो लेयर भेटेका हौँ, माल ल्याउन वास्तविक मान्छे को हो भन्ने पत्ता लाग्न सकेको छैन,’ प्रहरी स्रोतले भन्यो । ट्रको चालकहरु पनि भारतीय रहेको जनाइएको छ । उक्त ट्रकहरू इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । आवश्यक प्रक्रिया पुरा गरी भन्सारलाई बुझाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७