सशस्त्र प्रहरीका १० कमाण्डर छानबिनमा


६ श्रावण २०७९, शुक्रबार
252 Shares
APF IGP

काठमाडौं : सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरीमा बिदा छाडेर राशनभत्ता खाने प्रहरी कमाण्डरहरु विरुद्ध छानबिन सुरु गरेको छ । तालिमकेन्द्रका प्रमुख तथा लेखापालमाथि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेको हो ।

सशस्त्र प्रहरी मुख्यालयले हालै सबै तालिम केन्द्रमा छड्के टोली पठाएर छानबिन गरेको थियो । छानबिनमा कैफियत देखिएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कारबाहीको तयारी थालेका छन् । त्यसपछि कतिपयले सिपाही र हवल्दारको पैसा फिर्ता समेत गर्न थालेको तालिम केन्द्र स्रोत बताउँछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ककनी तालिम केन्द्रका एसएसपी दिपेन्द्र शाह, पोखराका सुरेश श्रेष्ठ, नाबस्ताका भूपेन्द्र केसी, कुरिनटारका अन्जनीकुमार पोखरेल छानबिनमा तानिएका हुन् । एसपी इन्चार्ज हुने अन्य ६ तालिमकेन्द्रमा पनि छानबिन चलिरहेको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

पाथिभरा जवान शिक्षालय झापाका राजेश उप्रेती, दन्दकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीका अशोक कुमार बम, प्राविधिक तामिल शिक्षालय, काठमाडौंका नानीराम हुमागाई, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका राजु गौतम, टिकापुर तालिम केन्द्रका सुशील सुवेदी र बडिमालिका शिक्षालय बनबेहडा कैलालीका बिरेन्द्र बहादुर ऐरमाथि समेत छानबिन भइरहेको सशस्त्र प्रहरी मुख्यालय स्रोत बताउँछ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७