अब माओवादीलाई देशको बागडोर आफ्नो हातमा लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड


६ श्रावण २०७९, शुक्रबार
prachanda
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा माओवादी पुनःस्थापित नभए संघीयता बलियो हुन नसक्ने बताएका छन् ।

आज (शुक्रबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेसमा पहिले ठूलो डिजाइनका साथ भ्रम छरिएको बताउँदै त्यहाँका नेता माओवादीमा प्रवेश गर्नुले ठूलो सन्देश दिएको बताए । ‘अब पुनःस्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी बलियो भएन भने संघीयता, लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन’, उनले भने ।

उनले माओवादी बलियो नभए मधेसी, आदिवासी, महिला मुस्लिम, श्रीजीविको हक स्थापित हुन नसक्ने बताए । उनले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर आफ्नो हातमा लिन कसैले रोक्न नसक्ने दाबी समेत गरे । ‘तपाईंहरूको आजको यो प्रदेशले यस्तो सन्देश दिएको छ’, उनले भने, ‘आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर आफ्नो हातमा लिन कसैले रोक्ने छैन भन्ने सन्देश छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७