अश्लिल भिडियो खिचेर ‘ब्ल्याकमेलिङ्ग’, शिक्षकको यौन भिडियो खिच्ने सात पक्राउ


१८ चैत्र २०७४, आईतवार
sex 2

ओखलढुङ्गा, १८ चैत : ओखलढुङ्गामा अर्कोको अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रसको जङ्गलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् ।sex 2

सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले बिहीबार एक महिलासँग अश्लिल कार्य गरिरहेको बेला आपत्तिजनक अवस्थामा भिडियो खिचेका थिए । उनले सो भिडियो एक लाख रकम नदिए सार्वजनिक गरिदिने बताएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उदयपुर कटारी नगरपालिका–१० बस्ने करण मगरसहित सोही स्थानका ज्ञानबहादुर आलेमगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–८ का राजकुमार राई र ओखलढुङ्गाको लिखु गाउँपालिका –५ का कृष्ण थापा छन् । प्रहरीले उनीहरुविरुद्ध म्याद थप गरि सार्वजनिक अपराध मुद्धा चलाएको छ ।

मेरो गल्ती छैन : मेहता

जङ्गलमा अश्लिल कार्य गरिरहेको अवस्थामा युवाहरुले भिडियो र तस्बिर खिचेर सार्वजानिक गर्ने भनेपछि प्रहरीमा पुगेका शिक्षक मेहताले आफूले कुनै गलत काम नगरेको दावी गरेका छन् । ‘मैले कुनै गलत काम गरेको होइन’ शिक्षक मेहताले भने, ‘मेरो मोटरसाइकल नियन्त्रणमा लिएर उनीहरुले पैसा मागेपछि प्रशासनमा उजुरी गरेको हुँ ।’ आफू उपचारका लागि अस्पताल जाँदा युवाहरुले बाटोमा रोकेर रकम मागेको उनको तर्क छ । स्थानीयले आफू गलत हुँदाहुँदै शिक्षक मेहताले शक्तिको आडमा युवाहरुलाई फसाएको आरोप लगाएका छन् ।

रकम असुल्न खोज्नु गलत : प्रहरी

आफू सवार मोटरसाईकल नियन्त्रणमा लिएर रकम माग गरेको भन्दै शिक्षक मेहताले उजुरी गरेपछि युवाहरु पक्राउ गरेर म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए । ‘उजुरी आएपछि युवाहरुलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’ शर्माले भने, ‘रकम असुल्नु गैरकानुनी कार्य हो, त्यसैले उनीहरुविरुद्ध मुद्धा चलाइयो ।’ केही दिन अघि त्यस क्षेत्रमा चोरी समेत भएको र लगत्तै रकम असुल्न खोजेको उजुरी आएपछि उनिहरुलाई पक्राउ गरिएको उनको भनाइ छ । प्रहरी प्रमुख शर्माले सार्वजनिक स्थलमा अश्लिल कार्य गरेको भनिएका शिक्षक मेहता माथि पनि अनुसन्धान गरेर कारबाही गर्ने बताए ।

 प्रहरीमा खैलाबैला

शिक्षक मेहताको यौन काण्ड सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा खैलाबैला मच्चिएको छ । स्थानीयले प्रहरीका घुमुवाले शिक्षकसँग पैसा लिएर मजदुरहरुले खिचेको भिडियो मोवाइलबाट डिलिट गरिदिएको आरोप लगाएका छन् । शिक्षकसँग पैसा लिएर भिडियो डिलिट गर्ने क्रममा घुमुवा प्रहरीले मजदुरमाथि कुटपिट समेत गरेको उनीहरुको आरोप छ ।
भिडियो डिलिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी जवान भोलाकाजी भण्डारीले अनुसन्धानका लागि अर्को मोवाइलमा भिडियो सार्दा डिलिट भएको बताएका छन् । नियतले नभइ अर्को मोवाइलमा पढाउने क्रममा भिडियो हटेको भण्डारीको दावी छ ।

स्थानीयले प्रहरीका घुमुवाबाट यसअघि पनि पैसा असुलिएको गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख अनन्तराम शर्माले घुमुवा भलाकाजी भण्डारीलाई जिम्मेवारी परिर्वतन गरेको जनाएका छन् । शर्माले गुनासा आएपछि आफ्नै निगरानीमा राखेर घुमुवा परिवर्तन गरेको बताए । ‘अनुसन्धान भइरहेको छ, प्रहरीमाथि शंका गर्नु पर्दैन, दोषि पाइए कडा कारबाही हुन्छ’ शर्माले भने ।

प्रहरीले भिडियो खिच्ने युवाहरुलाई सार्वजनिक मुद्दा चलाएपछि स्थानीयले अनैतिक कार्य गर्ने शिक्षकमाथि समेत कार्बाही गर्न दबाब दिएका छन् । चौतर्फी दबाबपछि प्रहरीले पैसाको कारोबारबारे छानविन गर्न शिक्षकमाथिसमेत निगरानी राखेर गहन अनुसन्धान गर्ने प्रनाउ शर्माको भनाइ छ । प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको मेहेताको नाम नामेसी समेत फरक देखिएको छ । प्रहरीले शंकर मेहतालाई शंकरप्रसाद यादव भनी अर्कै नाम उपलब्ध गराएपछि प्रहरी प्रति आशंका उब्जेको छ ।

यस्तो थियो घटना

विहीबार एक महिलालाई मोटरसाइकलमा राखेर पुगेका शिक्षक महेता र महिलाको अनैतिक कार्य गरेको फोटो खिचेर एक आयोजनामा काम गरिरहेका मजदुरहरुले मोटरसाइल समेत नियन्त्रणमा लिएर पैसा मोलमोलाइ गरेका थिए । पैसाको मोलमोलाइ गरेपछि मेहता पैसा दिने भन्दै बैंकबाट लिएर आउने बचनसहित घटनास्थलबाट हिडेका थिए । उनले पछि प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले मजदुरहरुलाई गिरफ्तार गरेको थियो । मजदुरमाथि मुद्दा चलाइएपछि स्थानीयले पैसाको चलखेलमा मजदुरमाथि कारवाही गरेर शिक्षकलाई जोगाउन खोजेको आरोप लगाएपछि प्रहरीले शिक्षकमाथिसमेत अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७