ओलीको प्रश्न : कांग्रेस केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ?


६ श्रावण २०७९, शुक्रबार
Kp oli 2 scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय विभागमा न्यायाधीश रहेको दाबी गरेका छन् । उनले न्यायालयमा पनि कांग्रेस रहेको भन्दै अहिलेसम्म राजीनामा दिएको कुरा नसुनिएको बताएका छन् ।

‘कांग्रेस सबै ठाउँमा छन् । कांग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको सुनिँदैन त’, आज (शुक्रबार) एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको अन्तरक्रियामा ओलीले प्रश्न गरे ।

उनले सरकारले ल्याएको बजेट भ्रष्ट भएको आरोप समेत लगाएका छन् । सीसीटीभीको फुटेज हटाउनु नै यसको ठूलो प्रमाण रहेको उनले बताए । ‘फुटेज हटाउनु र ड्यामेज गर्नु नै पर्याप्त छैन र ? हल्लालाई बहस र बहसलाई हल्लामा परिणत गर्ने मेरो रुची छैन,’ उनले भने ।

उनले वृद्धभत्ता दिने उमेर घटाउनुको पछाडि कुनै लजिक नभएको बताए । उनले यो बजेट चुनाव लक्षित रहेको आरोप लगाउँदै भने, ‘७० बाट ६८ बनाउनुका पछाडि केही लजिक छ? चुनाव आउँदैछ भन्ने बाहेक ।’ उनले पछाडि परेका समुदायलाई अगाडि ल्याउनुपर्ने आफूहरुको दायित्व रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७