श्रीमतीको हत्या गरी खाल्डोमा पुरको आरोपमा श्रीमानसहित तीन जना पक्राउ


६ श्रावण २०७९, शुक्रबार
Ramjesh Ram Prasad and Raju

सर्लाही । सर्लाहीमा श्रीमतीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा गाउँपालिका-१ बस्ने बालदत भनिने रमजेशकुमार यादव, उनका बुवा रामप्रताप र भाइ राजु छन् ।

उनीहरु तीनै जना मिलेर रमजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरी घरदेखि ४ किलोमिटर पूर्व आफ्नै जग्गामा शव गाडेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिएका छन् । २२ जेठमा निशा हराएको भन्दै खोजिदिन उनका बुवा कैलाश राय र २४ गते उनका ससुरा रामप्रतापले प्रहरीमा निवेदन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७