ट्वीटरलाई २७० मिलियन डलर घाटा


६ श्रावण २०७९, शुक्रबार
twitter

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरलाई २७० मिलियन डलर घाटा भएको छ । अप्रिल-जुनको पहिलो त्रैमासिकमा ट्वीटरलाई नोक्सान बेहोर्नुपरेको हो ।

पछिल्लो समय विश्वकै धनी व्यक्ति एलन मस्क र ट्वीटरबीच द्वन्द्व चलिरहेको छ । यसअघि नै ट्वीटर किन्ने सम्झौता गरिसकेका मस्कले पछिल्लो समय ट्वीटर किन्न अस्वीकार गर्दै आएका छन् ।

ट्वीटरले नोक्सान बेहोर्नुमा पनि दुई पक्षबीचको कानुनी लडाइँ रहेको आइटी विज्ञहरुले बताएका छन् । ट्वीटरले मस्कविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाई अक्टुबरमा सुरु हुनेछ । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्वीटरको सेयर मूल्य तीन प्रतिशतले गिरावट आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७