२०७९ साउन ७ गते शनिबारको तपाईको राशिफल

साउन कृष्ण दशमी पञ्चाङ्गः गण्ड विष्टि/भद्रा कृत्तिका


७ श्रावण २०७९, शनिबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । शुभारम्भको चर्चा चल्ने छ । रोकिएको काम पुरा हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
स्वास्थ्यमा खर्च बढ्ने छ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठीक समयमा सही निणर्य लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा पनि होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कुनै यात्रा र भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला, साँझमा शुभ समाचार सुन्न पाइने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज रोकिएका अधुरा काम पुनः सुचारु हुनसक्छ । शुभ र मङ्गल कार्यको चर्चा चल्ने छ । नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलखीपूर्ण बोलीले काम बन्ने छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । कुनै कुराले अनुहारमा कान्ति छाउने छ । घरमा अतिथिको आगमन हुनेछ । संगीतमा रुचि पनि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घरमा अतिथिको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७