राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ शुरु


७ श्रावण २०७९, शनिबार
phone tapping

काठमाडौँ । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ शुरु गरेको छ । नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो । राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेशिनलाई सक्रिय बनाइएको छ ।

केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेशिन सक्रिय बनाउनु परेको हो’, अनुसन्धान विभागका एक अधिकारीले भने । ती अधिकारीका अनुसार दुई महिनायता सो मेशिन सक्रिय छ ।

भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउने जाने गरेकाले पनि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ शुरु गरिएको स्रोतले जनाएको छ । फोन ट्यापिङसम्बन्धी कानुन नबनेको अवस्थामा विभागले यसलाई औपचारिक रूपमा प्रयोग गर्न भने पाएको छैन । बेलाबखत भने यो मेशिन प्रयोग गरिँदै आएको स्रोतको दाबी छ । नेपालमा प्रतिआतंकवाद सेल नभएका कारण पनि सरकारले यस्ता विषयमा कानुन बनाएर फोन ट्यापिङ गर्न दिनुपर्ने विभागको माग छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७