भक्तपुरमा आज अरुण थापा स्मृति साँझ हुँदै


७ श्रावण २०७९, शनिबार
Arun thapa

भक्तपुर । नेपाली सुगम आधुनिक संगीतका एक अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवस २०७९’ का अवसरमा भक्तपुर सांगीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । समाजले थापाको स्मृतिमा लगातार पाँचौं पटक स्मृति साँझ आयोजना गर्न लागेको हो ।

कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारले स्व थापाका गीत गाउने छन् । कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व थापाका गीत गाउने आयोजक समाजका अध्यक्ष प्रवीण शाहीले बताए ।

त्यसैगरी वाद्यवादनमा गायकलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले वाद्यवादनमा साथ दिनेछन् । कार्यक्रमलाई सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल, गुडविल कन्सन्टको सहयोग रहेको छ भने कार्यक्रमको रेडियो पार्टनर भक्तपुर एफएम १०५.४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना सङ्गीत समूह रहेका छन् ।

वरिष्ठ संगीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ले सम्मान गरिने समाजका अध्यक्ष शाहीले जानकारी दिए ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको शाहीले बताए । कोरोना महामारीका कारण विगत दुई वर्ष कार्यक्रमलाई औपचारिकतामा सीमित गरिएको जानकारी दिँदै शाहीले यस वर्ष बृहत्रुपमा कार्यक्रम सम्पन्न गर्ने तयारी भएको बताए । कार्यक्रम अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल सल्लाघारीको प्राङ्गणमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७