राणाकालीन भवन : टिठलाग्दा भग्नावशेष {फोटो फिचर}


७ श्रावण २०७९, शनिबार
rana bhaban 12
सिंहदरवारस्थित पुरानो संसद भवन ।

काठमाडौं, ७ साउन । २०७२ वैशाख १२ गते ठूलो भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गरायो। ऐतिहासिक, पुरातात्विक सम्पदाहरू ध्वस्त भए । नौ हजारभन्दा बढी मानिसको मृत्यु भयो। भूकम्पपछि नेपालसामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो । रातारात घरबारविहीन बनेका कतिपय मानिसका त घर बने कतिपय अझै घरबारविहीन छन् । भूकम्पका कारण भत्किएका कतिपय सांस्कृतिक सम्पदा पुनर्निर्माण भए भने कतिपय अझै जीणर् अवस्थामा छन् ।

राजनीतिक खिचातानीका बीच कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवार अझै पालमुनि बस्न बाध्य छन् । सांस्कृतिक सम्पदाको हविगत पनि त्यो भन्दा फरक छैन । भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ । यसबीच केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माण अघि बढ्न सकेको छैन । यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माण अन्तिम चरणमा छ । तर राजधानीमा नै रहेका कतिपय राणाकालीन ऐतिहासिक पुरातात्विक भवन अझै जीणर् छन् ।

कतिपय कार्यालय यस्तै जोखिमपूणर् भवनमै छन्। २००७ सालअघि राणा परिवारको अधीनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रूपमा प्रयोगमा थिए । केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिए पनि धेरै भवन लथालिङ्ग अवस्थामा छाडिएको छ । यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो। जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इँटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पका रूपमा प्रयोग गरिएको थियो ।

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवनको फोटो फिचर बनाएको छ ।

rana bhaban 1
काठमाडौं महानगरको वागदरवार ।
rana bhaban 3
काठमाडौं महानगरको पुरानो भवनको जीर्ण झ्यालबाट देखिएको काम गर्दै गरेका कर्मचारी ।
rana bhaban 4
वागदरवारको भत्केको भवन र कागजपत्र ।
rana bhaban 5
पुल्चोक क्याम्पसपरिसरमा रहेको भग्नावशेष ।
rana bhaban 6
पुल्चोकस्थित जीर्ण भवनले बनाएको भवन अधिकार आयोगको अस्तव्यीत प्रतिक चिन्ह ।
rana bhaban 7
पुल्चोकस्थित केही बर्षअघि मानव अधिकार आयोग रहेको भवनको प्रवेशद्वार ।
rana bhaban 8
पुल्चोकस्थित स्थानीय विकाश मन्त्रालयको पुरानो भवन ।
rana bhaban 9
त्रिचन्द्र कलेज ।
rana bhaban 10
सिंहदरवार दक्षिण ढोकाअगाडि रहेको फैसला कार्यान्वयनको भवन ।
rana bhaban 11
पुल्चोकस्थित स्थानीय विकास मन्त्रालयको पुरानो भवन भुकम्पले चर्केपछि ।
rana bhaban 12 1
सिंहदरवारस्थित पुरानो संसद भवन ।
rana bhaban 13
डिल्लीबजारस्थित जेलको भवन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७