दिलकुमार लिम्बूको अध्यक्षतामा नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ गठन


७ श्रावण २०७९, शनिबार
नेपाल आदिवासी जनजाति कर्मचारी 2

काठमाडौं, ७ साउन । राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत आदिवासी जनजाती समुदायको कर्मचारीहरुले नेपाल आदिवासी जनजाति कर्मचारी महासंघकाे गठन गरेकाे छ । शनिबार काठमाडौंमा सम्पन्न भेलाले दिलकुमार लिम्बुको अध्यक्षतामा महासंघकाे गठन गरेको हो ।

लिम्बूको अध्यक्षतामा ३५ सदस्यीय कर्मचारीहरुको कार्यसमिति चयन भएका छन् । कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासचिव रहेका छन् । त्यसैगरी, विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर सचिव चयन भएका छन् । त्यस्तै, विनुका शेर्पा कोषाध्यक्ष र युनिल राई सह–कोषाध्यक्ष चयन भएका छन् ।

भेलामार्फत सुजित चौधरी, विकाश श्रेष्ठ, नविद्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारु सदस्य चयन भएका छन् । राजपत्राङ्कित र राजपत्र आङ्कित, प्राविधिक र अप्राविधिक दुबै तह र सेवामा कार्यरत कर्मचारी रहेका छन् ।

भेलाले कृष्टि रोकमगरको संयोजगत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । विजय मोक्तान र गौतम बुढामगर समितिका सदस्य रहेको छन् । हाल तदर्थ समितिको रुपमा गठन गरिएको महासंघले आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने भएकाे छ ।

महासंघले जनजाती समुदायको सशक्तिकरण, सरकारी सेवामा प्रवेशको लागि आर्कषण बढाउने, चेतना जगाउने लगायतको उद्देश्य रहेको महासंघका उपाध्यक्ष सदन राईले जानकारी दिए । उनले महासंघमा ८ भन्दा धेरै जातिय कर्मचारी संगठनहरु आवद्ध रहेका बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७