चलचित्र ‘एक्स नाइन’ मा नीति


८ श्रावण २०७९, आईतवार
x nine OiuqT2rTtC

काठमाडौँ । मोडल नीति शाह नेपाली चलचित्र ‘एक्स नाइन’ मा अनुबन्ध भएकी छिन् । निकै हल्लाका साथ निर्माण घोषणा भएको यो फिल्म छायांकनमा भने अझै जान सकेको छैन ।

फिल्मको शीर्ष भूमिकामा अनमोल केसी पनि अनुबन्ध भइसकेका छन् । नीतिले अनमोलसँग फिल्ममा देखिने चाहना व्यक्त गरिरहेका बेला ‘एक्स नाइन’ मा अनुबन्ध भएकी हुन् । फिल्मका लागि नीतिले औपचारिक सम्झौता गरेको निर्माता तथा निर्देशक मुकुन्द भट्टले जानकारी दिए ।

नीतिले यो फिल्मका लागि १० लाख रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । अनमोल ‘छड्के २’ मा व्यस्त भएपछि ‘एक्स नाइन’ को छायांकन रोकिएको निर्देशक भट्टको भनाइ छ । अनमोलको अघिल्लो फिल्मको सुटिङ सकिनासाथ आफ्नो फिल्म छायांकनको टुङ्गो लाग्ने भट्टले जानकारी दिए।

यो फिल्म क्यानडामा छायांकन गर्ने निर्माताको तयारी छ । कलाकारको भिसा पक्रिया सकिएपछि मात्रै फिल्म छायांकनको टुङ्गो लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७