त्रिपोली झडप : मृत्यु हुनेको संख्या १६ पुग्यो


८ श्रावण २०७९, आईतवार

काठमाडौँ । बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घाइते सबैको यहाँका सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ । लिबियाका लागि संयुक्त राष्ट्र सङ्घीय मिसन (युएनएसएमआइएल) ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ । सन् २०११ मा कर्नेल गद्दाफीको शासन पतन भएपछि लिबियामा हिंसा बढिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७