एसपीपीबारे तुरुन्तै पत्राचार गर्न प्रधानमन्त्रीलाई भनेका छौं : नेपाल


८ श्रावण २०७९, आईतवार
madhav nepal
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एसपीपीबारे तुरुन्तै पत्र पठाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरिएको बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘जनबहस’ कार्यक्रममा उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले एसपीपी अस्वीकार गरेको पत्र पठाउन ढिलाइ नगर्न आग्रह गरेको जानकारी गराए ।

‘हामीले प्रधानमन्त्रीलाई दबाब दिएपछि उहाँले त्यसलाई स्वीकार नगर्ने, नेपाली सेनाले पनि त्यसलाई अस्वीकार गर्ने कुरा त गरेको छ, तर अहिले फेरि अलमलका कुरा आइरहेका छन्’, उनले भने, ‘अस्ती भर्खर म र कमरेड प्रचण्ड दुवैले भन्यौं प्रधानमन्त्री शेरबहादुर देउवालाई- तुरुन्तै त्यो चिठी पठाउनुस् । ढिला नहोस् ।’

अध्यक्ष नेपालले कूटनीतिक कौशलका साथ अघि बढ्नुपर्ने पनि बताएका छन् । ठोस वस्तुको विश्लेषण गरे अघि बढ्नुपर्ने उनले बताएका छन् । ‘ठोस विषयवस्तुको ठोस विश्लेषण गरेर अघि बढ्न सक्नु पर्दछ । कुनै किसिमको अतिवादमा फस्यो भने फाइदा होइन, नोक्सानी पुर्‍याउँछ’, उनले थपे, ‘कूटनीति कौशलका साथ सम्बन्धलाई अघि बढाउनुपर्ने भएकाले धेरैसँगको मित्रता कायम गर्ने, शत्रुता कायम नहोस् भन्नेमा विचार गर्ने । भइहालेको छ भने धेरैको साथ लिएर स्टे्रन्थ बलियो बनाउनु पर्छ ।’

कूटनीतिक कौशल नभएका कारण नेपाल अनेक सम्झौतामा चुकिरहेको बताए । सम्झौताहरूमा विदेशीको हात माथि हुने गरेको समेत उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७