भारतबाट फर्कनेमा कोरोना संक्रमण देखिँदै


८ श्रावण २०७९, आईतवार
naka2022 01 06 06 07 24

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।

शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ ।
भारतबाट फर्कने शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको संख्या बढ्दो रुपमा छ । एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको सङ्क्रमण देखिएको उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘आज बिहान मात्रै एन्टिजेन परीक्षण गर्दा चार जनाको नतिजा पोजिटिभ देखिएको छ’, उनले भने, ‘गत मङ्गलबार मात्रै नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।’ दैनिक दुई सय बढीको एन्टिजेन परीक्षण भइरहेको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजिटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ । ‘एन्टिजेनको नतिजा पोजिटिभ आएकालाई निःशुल्क रुपमा एम्बुलेन्समार्फत अस्पताल पठाउने गरेका छौँ’, उनले भने, ‘अस्पतालमा परामर्शपश्चात होम आइसोलेशनमा पठाइने गरिएको छ ।’

city

कोरोना परीक्षणका लागि आवश्यकपर्ने किटलगायतका सामग्रीको हालसम्म अभाव नरहेको उनले बताए । दैनिक सीमा नाका भएर फर्कनेको सङ्ख्या चारदेखि पाँच सयको सङख्याको हाराहारीमा रहने गरेको छ । भारतबाट फर्कने व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि परीक्षणको कार्यलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । कोरोनाविरुद्धको जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिइएको उनले बताए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७