खातामा रकम नभएको चेक दिएर २४ लाख ठगी गर्ने पक्राउ


८ श्रावण २०७९, आईतवार
chandra sunar sBky8qtlH8

काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दामा काठमाडौंको बालाजुबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका-३ घर भइ हाल काठमाडौंको बालाजु बस्ने ३६ वर्षीय चन्द्र बहादुर सुनार छन् ।

सुनारले प्राइम कमर्सियल बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा फैसला गर्दै सुनारलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा एक दिन कैद र २४ लाख रूपैँयाँ जरिवाना हुने ठहर गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई बालाजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७