वाम समाजवादी मोर्चा बनाऔं, नभए चुनावमा तालमेल गरौं : नारायणकाजी


८ श्रावण २०७९, आईतवार
narayankaji shrestha 1
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थीहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको जनबहस कार्यक्रममा उनले विचारमा नजिक भएका दलहरूबीच एकता गर्ने नभए समाजवादी मोर्चा बनाउने वा चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने बताएका छन् । त्यसो गरे मात्रै बाटो सही हुने उनको भनाइ छ ।

‘देशभक्तिपूर्ण आन्दोलनको शक्ति भनेको वामपन्थी शक्ति हो । त्यो वामपन्थी शक्तिहरूले अहिलेको देशको परिस्थितिलाई गम्भीर रूपमा अध्ययन गरेर, समीक्षा गरेर एकता गर्ने । एकता भनेको पार्टी एकता नै होइन । सम्भव छ भने वैचारिक रूपले नजिक भएका साथीहरूकोबीचमा पार्टी एकता गरौं ।’

उनको प्रस्ताव छ, ‘रणनीतिक मुद्दामा समानता भएका साथीहरूसँग लेफ्ट सोसलिस्ट फन्ट बनाऔं । वाम समाजवादी मोर्चा बनाऔं । नभए पनि चुनावमा तालमेल गरेर जाऔं । त्यसो भए हामी सही दिशातिर थोरै भए पनि अघि बढ्न सक्छौं ।’ उनले समाजवादका कुरा गरेर साम्राराज्यवादीलाई हस्तक्षेप गर्न दिन नहुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७