ठूला दल सत्ता टिकाउनेमै केन्द्रित : लिङ्देन


२०७९ श्रावण ८ आइतबार ११:४२ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल देशको समस्या हल गर्ने भन्दा पनि सत्ता टिकाउनेमै केन्द्रित भएको बताएका छन् ।

उनले दलहरूको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताए । आज (आइतबार) काठमाडौंमा राप्रपा निकट नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको कार्यक्रममा लिङ्देनले आफ्नो स्वार्थका लागि विभिन्न शक्ति राष्ट्रसँग मुलुकको हित बिपरितका सम्झौताहरू गरिएको भन्दै यसले मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका हुन् ।

उनले वार्षिक बजेट बनाउने क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराउने र करको दायरा हेरफेर गर्ने कामदेखि देशको हित र जनताको चाहना विपरित एमसीसी र एसपीपी जस्ता देशलाई कमजोर पार्ने सम्झौता गरिएको तर्क गरे ।
देशलाई दुर्घटनाबाट बचाउन चाहनेहरू एक ठाँउमा आउनुपर्ने उनको भनाइ छ । लिङ्देनले अहिलेको राजनीतिक प्रणाली र दलहरूबाट मुलुकमा राष्ट्रियता र शान्तिको कुनै सम्भावना नदेखिएको तर्क गरे ।

राप्रपाले भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा अभिभावकिय संस्थाको रुपमा राजाले मात्र मुलुकले स्थितरता प्राप्त गर्ने उनको भनाइ छ । लिङ्देनले आफूहरूले अघि सारेको मुद्दा स्थापित गर्नका लागि सांसदको दुई तिहाइ बहुमत आवश्यक नपर्ने र निश्चित संख्याको शक्तिआर्जन गर्दा पुग्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७