सल्लाघारीमा रुख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनै जनाको खुल्यो पहिचान


८ श्रावण २०७९, आईतवार
accident bhaktapur

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासी ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नम्बरको स्कुटर थिचिएको उनले जानकारी दिए । बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा खटिएका प्रत्यक्षयदर्शीले बताएका छन् ।

RG Bhaktapur Accidentb

बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुर नगरपालिका-७ गोलमडीका न्हुच्छेराम बोखाद्यौ, भक्तपुर नगरपालिका-३ का विशेष खर्बुजा र सिन्धुलीका ३० वर्षीय राजकुमार भुजेलको मृत्यु भएको हो । तीमध्ये न्हुच्छेराम स्कुटी चालक थिए । प्रहरीका अनुसार न्हुच्छेराम बा ६१ प ३९७८ नम्बरको स्कुटीमा भक्तपुरबाट सल्लाघारीतर्फ जाँदै थिए । यस्तै दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइतेहरूमध्ये ६ जनाको इबामुरा मेमोरियल अस्पतालमा उपचार गरिएको छ भने अन्य ६ जनाको मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार गरिएको छ । धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७