सांसदहरु हाजिर गरेर हिंडेपछि प्रतिनिधिसभा बैठक स्थगित


८ श्रावण २०७९, आईतवार
RS KTM ParliamentMeetingd

काठमाडौँ । प्रतिनिधिसभाको आज (आइतबार) को बैठक सांसदहरूको गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । प्रतिनिधिसभाको बैठकमा कारागारसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निणर्यार्थ प्रस्तुत गर्दा गणपूरक सांसद नपुगेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा उक्त विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राखेर बाहिरिएका थिए । गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि निणर्यार्थ प्रस्तुत गर्न लागिएको थियो ।

त्यसै क्रममा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । कुनै पनि प्रश्न वा प्रस्ताव निणर्यार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कम्तीमा ६९ सांसद आवश्यक पर्छ । तर कारागार विधेयक निणर्यार्थ प्रस्तुत गर्ने क्रममा भने ६७ सांसद मात्रै प्रतिनिधिसभा बैठक हलमा थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । सांसदहरूले हाजिर गरेर प्रतिनिधिसभा बैठक छोड्दा पटक-पटक बैठक स्थगित गर्नुपरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७