खेतालाले खाजा खाइरहेका बेला चट्याङ लाग्दा १२ जना घाइते


८ श्रावण २०७९, आईतवार
chatyangghaite 20220724183017

दैलेख । दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । आइतबार दिउँसो वर्षातसहित परेको चट्याङले जिल्लाको डुङ्गेश्वर गाउँपालिका-२ स्थित सेर्माकोटका १२ जना घाइते भएका हुन् । स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङले लागेर स्थानीय बासिन्दा घाइते भएको वडाध्यक्ष यामबहादुर विष्टले जानकारी दिए ।

वडाध्यक्ष विष्टका अनुसार सिंहको घरमा बढि क्षति भएको छ । ‘कोदो गोड्ने खेतेलाहरू दिउँसको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ परेको रहेछ,’ उनले भने । वडाध्यक्ष विष्टले चट्याङले लागेर केही पशु चौपायाहरू मरेको बताए । केही खसी र गाई मरेको उनले बताएका छन् । घाइतेहरूको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाइएको उनले बताए ।

‘घाइतेहरूको अवस्था गम्भीर छैन्, कसैको हात जलेको छ, कसैको आँखामा चोट लागेको छ, उपचारका लागि बोलेरो जीपमा राखेर दैलेख अस्पतालतर्फ पठाइएको छ,’ वडाध्यक्ष विष्टले भने । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले चट्याङले लागेर घाइते भएकाहरूलाई दैलेख जिल्ला अस्पताल तर्फ ल्याउन लागिएको र क्षतिको विवरण आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७