दिपेन्द्र र प्रतिज्ञाले जिते स्वर्ण


८ श्रावण २०७९, आईतवार
DIPENDRA MwVuFpHDhM

काठमाडौँ । विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५ औं संस्करणको सिनियर पुरुष ८० किलोमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।

दिपेन्द्रले पुम्से विधामा पनि स्वर्ण जिते । प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितेकी छन् । प्रतिज्ञाले ७० किलोमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउँदै स्वणर् हात पारिन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७