राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक टेबल गरिने


९ श्रावण २०७९, सोमबार
Parliment house samsad bhawans

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बैठक शुरु हुनेछ । १२ औं अधिवेशनको ४० औं बैठक बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबल गर्नेछन् ।

फुयालले नै राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

h8v2yu7cfreg8pw7 page 0001

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७