मन्दाकिनी हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो


९ श्रावण २०७९, सोमबार
IPO

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज (सोमबार) देखि सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँबराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयभित्र मागबमोजिम आवेदन नपरेमा साउन २३ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरोसेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७