सिन्धुपाल्चोक केन्द्रविन्दू भएर विहानै भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ७ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ :०७ बजे सिन्धुपाल्चोकको हेलम्बु-इचोकको आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन् । भूकम्प गए लगत्तै स्थानीय घर बाहिर निस्किएका थिए । आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयले जनाएका छन् ।