बिहारमा एक घरमा विष्फोट, ६ जनाको मृत्यु


९ श्रावण २०७९, सोमबार
Bihar Blast

काठमाडौं । भारतको बिहारस्थित एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो ।

सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७