वेष्ट इण्डिजसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी


९ श्रावण २०७९, सोमबार
india 7jL5k4lqJQ

काठमाडौँ । भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इण्डिजलाई दुई विकेटले हराएको छ । जितसँगै भारतले एक दिवसीय क्रिकेटको श्रृङ्खला एक खेल अगाडि नै जितेको छ ।

जितका लागि वेष्ट इण्डिजले दिएको ३१२ रनको लक्ष्य भारतले ४९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेट्टायो । भारतका लागि अक्षर पटेल, श्रेयस ऐर र सञ्जु स्यामसनले अर्धशतकीय पारी खेले । अक्षर पटेलले ६४ रन बनाए भने श्रेयस ऐरले ६३ र सञ्जु स्यामसनले ५४ रन जोडे । यस्तै, सुभमन गिलले ४३ तथा कप्तान शिखर धवनले १३ रन बनाए ।

वेष्ट इन्डिजका अलजारी जोशेफ र काइल मेयर्सले दुई/दुई विकेट लिए । यस्तै, जेदेन सेल्स्, रोमारियो शेफर्ड र अकेल हुसैनले एक/एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । उसका लागि शाइ होपले सर्वाधिक १ सय १५ रनको शतकीय पारी खेले ।

होपले आफ्नो करिअरको एक सय औँ खेलमा शतक बनाएका हुन् । यस्तै, कप्तान निकोलस पुरनले ७४ रनको अर्धशतकीय पारी खेले भने काएल मेयर्सले ३९, शमराह ब्रुरक्सले ३५,रोमारियो शेफर्डले १४ र रोभमन पवेलले १३ रन बनाए। भारतका शार्दुल ठाकुरले ३ विकेट लिए भने दीपक हुडा, अक्षर पटेल र युजभेन्द्र चहलले एक/एक विकेट लिए । पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । तेस्रो खेल पर्सी हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७