बागलुङमा विपद् व्यवस्थापन : यस्तो छ पूर्व तयारी


९ श्रावण २०७९, सोमबार
chatyang

बागलुङ । वैशाखयता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । जिल्लामा चट्याङबाट बर्षेनी जनधनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुन आवश्यक छ ।

जिल्लामा मनसुनजन्य प्राकृतिक प्रकोप बढ्दो अवस्थामा रहँदा विपद् व्यवस्थापन कार्यको तयारी थालिएको छ । भनिन्छ, ‘विपति बाजा बजाएर आउँदैन ।’ त्यसैले हरेक वर्षायामसँगै अपुरणीय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोकारवाला र स्वयं आमनागरिकले पूर्ववत् सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिनसके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रणसमेत गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्यूनीकरण गर्न सकिन्छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसैले मनसुनको समयमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको पूर्व तयारी गर्ने गरेको पाइन्छ । जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण या सचेतता, सहयोग, विपद् या भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा भएको खण्डमा विपद्जन्य घटनामा केही भए पनि कम हुनेछन् ।

city
ncll 2

जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकबाट विपद् न्यूनीकरणका लागि सम्पूर्ण सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिए ।

jagdamba.cement
nepal liquors

‘विपद् व्यवस्थापनको तयारी जुनसुकै समयमा गरिन्छ तर बर्सातको समयमा अली बढी सचेत हुनै आवश्यक छ, हामीले सबै पालिकामा रहेका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौँ, विपद्का लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफ्नै तयारी गरिरहेका छन्’, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘विपद्जन्य घटनाबाट कम क्षति हुनलाई पूर्वतयारी अवाश्यक छ, स्थानीय तहमा भएका औजार, उपकरण, दमकल तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न भनिएको छ, जहाँ विपद्को घटना हुन्छ त्यही पालिकामा भएको संरचना परिचालन हुन्छ, आवश्यक परे जिल्लास्तरीय विपद् व्यवस्थापन समिति परिचालन हुन्छ ।’

विपद्का घटना न्यूनीकरणका लागि सबै स्थानीय तहमा ‘क्विक रेस्पोन्स टिम’ समेत बनाइएको छ । जिल्ला प्रशासनले ‘लाइफलाइन’ सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरलाई नियमित सञ्चालन, विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, स्काइभेटर, एम्बुलेन्स, दमकललगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्न सडक डिभिजन, अस्पताल तथा आयोजना कार्यालयलाई निर्देशन गरिएको छ भने पालिकालाई आफ्नो पालिकाभित्रको पहिरो पन्छाउन सहयोग पुग्ने आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई तयारी अवस्था राखिएको, स्वास्थ्यकर्मीको समूह तयार गरिएको बताउँदै उद्धारमा समस्या नहुनेगरी आवश्यक पूर्वतयारी गरिएको जनाएको छ ।

विपद् हुन नदिनका लागि सचेत रहने, भइहालेमा क्षति न्यूनीकरण गर्नका लागि तत्कालै सूचना प्रभाव गर्ने र जोखिमपूणर् स्थानमा बढी तयारी गर्ने गरिएको छ तर चट्याङबाट बच्न नागरिक स्वयं सचेत हुन आवश्यक छ । चट्याङ पर्दा चिसो स्थानमा नबस्ने र सकेसम्म घर बाहिर ननिस्कने गर्नुपर्दछ ।

जिल्लाको ढोरपाटन, निसीखोला, जैमिनी गलकोटलगायत जिल्लाका २७ वडा पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिको अध्ययनले देखाएको छ तर विपद् जुनसुकै स्थान र कम सम्भावना भएको स्थानमा झनै ठूलो घटना घट्न सक्ने भएकाले सबै विपद्जन्य निकायलाई तयारी अवस्थामा राखिएको हो ।

विपद् व्यवस्थापनका लागि जिल्लामा विपद् गुल्ममा १२५ तालिम प्राप्त प्रहरी तयारी अवस्थामा राखिएको, जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको संयोजनमा २५ प्रहरी तयारी अवस्थामा राखिएको र जिल्लाका सबै इलाका प्रहरी कार्यालयमा सानो समूहमा विपद्का लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

‘प्रहरी तयारी अवस्थामा छ मनसुनको समयमा प्रहरीले आवश्यक उपकरणसहित राखिएको छ, प्रहरी मात्रै हैन अन्य सुरक्षा निकाय सेना तथा सशस्त्र प्रहरीले विपद्को आफ्नै तयारी गर्ने गरेका छन्’, उनले भने, ‘आगलागी, पहिरो तथा अन्य आकस्मिक विपद्को समयमा कसरी काम गर्ने भन्ने विषयमा प्रहरीलाई समय-समयमा तालिम समेत दिइएको छ, विपद्को समयमा सबै सुरक्षा निकाय र स्थानीय सरकार मिलेर काम गर्ने योजना छ ।’ रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७