क्यालिफोर्नियामा डढेलो : ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो, आपतकाल घोषणा


९ श्रावण २०७९, सोमबार
US California JEZGaeZ7Vd

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा सारिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपतकाल समेत घोषणा गरिएको छ ।

आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ वटा हेलिकोप्टर परिचालन गरिएका क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ । १४ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको आगो अहिलेसम्म नियन्त्रणमा नआएको प्राप्त विवरणहरूमा जनाइएको छ । तातो र न्यून आद्रताका कारण डढेलो निभाउने भइरहेका प्रयासमा असर गरेको जनाइएको छ ।

डढेलोमा केही सवारी साधन समेत जलेका छन् । आगलागीमा जलेर १० वटा घर ध्वस्त भएको बीबीसीले जनाएको छ । सुक्खा र गर्मी मौसमका कारण डढेलो फैलिएको क्यालिफोर्नियाका गभर्नरले जानकारी दिएका छन् । मारिपोसमा ३५ दशमलब ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७