इङल्याण्डलाई फाइनलको अवसर


९ श्रावण २०७९, सोमबार
thumb 5

म्यानचेस्टर । युरो २०२२ को सेमिफाइनल समीकरण शनिबार राति पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा फ्रान्सले डिफेन्डिङ च्याम्पियन नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । अब फ्रान्सले अन्तिम चारमा जर्मनीको सामना गर्नेछ ।
त्यसभन्दा अगाडिको पहिलो सेमिफाइनलमा आयोजक इंग्ल्यान्डले स्वीडेनविरुद्ध खेल्नेछ । यी दुवै सेमिफाइनल के कस्तो हुनेछ त ? यसमा हाम्रा अपेक्षा के के हुन सक्छन् त ? फ्रान्सेली समाचार संस्था एएफपीले तयार पारेको सामग्री स्

इङल्यान्ड आफ्नै घरमा भएको प्रतियोगिताबाट बाहिरिन खालि छ मिनेट मात्र टाढा थियो, तर इला टुनले स्पेनविरुद्धको रोमाञ्चक क्वाटरफाइनलमा बराबरी गोल गरिन् । त्यसपछि जर्जिया स्टेनवेले लामो दूरीबाट मीठो गोल गर्दै खेल इङल्यान्डको पक्षमा पारिन् । नतिजा इङल्यान्ड लगातार चौथोपल्ट कुनै ठूलो प्रतियोगिताको सेमिफाइनल पुग्न सफल रह्यो । यहाँनिर नमीठो तथ्यांक के छ भने इङल्यान्ड यसअघिका चार सेमिफाइनलमा लगातार पराजित पनि रहेको छ ।

france 2572022033331 1000x0 1

तर यसपल्ट यस्तै नियति दोहोरिन्न भन्ने विश्वास भने उत्पन्न भएको छ । धेरैलाई लागेको छ, इङल्यान्ड पहिलो ठूलो महिला फुटबलको उपाधिका लागि पूणर्तः हकदार छ । सन् १९६६ यता इङल्यान्डले पुरुष होस् अथवा महिलामा कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन । सेमिफाइनल खेल सेफिल्ड युनाइटेडको मैदान ब्रामल लेनमा हुनेछ र त्यसमा पूणर् क्षमतामा ३० हजार दर्शक पक्कै हुनेछन् । यसपल्टको इङल्यान्डको सबैभन्दा बलियो पक्ष रहेको छ, प्रशिक्षकका रूपमा सरिना विगमन हुनु ।

उनीसँग युरोपेली उपाधि हात पारेको अनुभव छ र पाँच वर्षअगाडि उनकै नेतृत्वमा नेदरल्यान्ड्सले युरो जितेको थियो, त्यो पनि आफ्नै घरमा । युरोका पछिल्ला १० खेलमध्ये सबै १० मै विगमनको टिम विजयी रहेको छ, फरक दुई टिमका लागि । उनी खेलकै क्रममा टिमको रणनीति परिवर्तन गर्न माहिर छिन् र यसको नमुना त बुधबार इङल्यान्डले स्पेनविरुद्ध खेल्दा नै देखियो । उनले ठीक समयमा ठीक खेलाडीको सब्स्टिच्युट गरिन् ।

उनले टुनसँग एलेसा सो र कोल केलीलाई मैदानमा पठाएकी थिइन् । यी युवा खेलाडीले आफ्नो खेलजीवनकै सबैभन्दा महत्वपूणर् खेल खेले र त्यो सकारात्मक नतिजामै टुंगियो । खासमा पूरा प्रतियोगितामै इङल्यान्डलाई सब्स्टिच्युट खेलाडीहरूबाट फाइदा भइरहेको छ र यसले इङल्यान्ड टिममा रहेको स्तरीय खेलाडीको गहिरोपनलाई पनि देखाउने गर्छ । स्पेनका रूपमा इंग्ल्यान्डले पहिलोपल्ट त्यस्तो टिमका सामना गर्दै छ, जो फिफा वरीयतामा ऊभन्दा माथि छ ।

स्पेन आफैंमा निकै अनुभवी खेलाडीले भरिएको टिम हो । तीन वर्षअगाडि स्वीडेन विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । त्यहाँ स्वीडेन क्यानडाको हातबाट पेनाल्टीमा पराजित भएको थियो । गत वर्षको ओलम्पिकमा पनि स्वीडेन सेमिफाइनलसम्म पुगेको थियो । स्वीडेनलाई लाग्नेछ, यसपल्ट फाइनल पुग्ने अझ राम्रो मौका छ । तर स्वीडेनले इंग्ल्यान्ड आएयता लय भने समात्न सकेको छैन । क्वाटरफाइनलमा उसले बेल्जियमलाई हराउन पनि अन्तिम समयसम्म कुर्नुपरेको थियो ।

जर्मनीविरुद्ध फ्रान्स, बुधबार

जर्मनीले मज्जाले दाबी गर्न सक्छ, यसपल्टको प्रतियोगितामा कुनै एक टिमले लगातार समान रूपमा माथिल्लो दर्जाको फुटबल खेलेको छ भने यो जर्मनी नै हो । जर्मन टिमले अहिलेसम्म खेलेको सबै चार खेल त्यसरी जितेको छ, जसमा उसले कुनै गोल खाएको छैन । क्वाटरफाइनलमा जर्मनीले अस्ट्रियालाई हराएको थियो र यसक्रममा टिममा केही कमजोरी प्रस्ट देखिएको थियो । त्यस खेलमा अस्ट्रियाका तीन प्रहार पोस्टमा लागेका थिए ।

यी प्रहारले पोस्टको दिशा लिएको भए, पूरा खेलको कथा बेग्लै हुन सक्ने थियो । त्यसैले ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा हुने सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई यस्तै मौका बारम्बार दिन सक्ने छैन । फ्रान्सले भने अतिरिक्त समय चलेको खेलमा नेदरल्यान्ड्सलाई १-० ले हराएको थियो । फ्रान्स डिफेन्डिङ च्याम्पियन नेदरल्यान्ड्सविरुद्ध लगातार हाबी त रह्यो, तर चाहिएको समयमा गोल निकाल्न असफल रह्यो । उसका लागि एभे पेरिसेटले निर्णायक गोल गरिन् ।

खेलको ९० मिनेटसम्म डच गोलरक्षक डफेन भान डोमसेलररले उत्कृष्ट शृंखलाबद्ध बचाउ गरेपछि फ्रान्सले लामो समयसम्म निणर्ायक गोलका लागि कुर्नुपरेको थियो । फ्रान्सका लागि भने सेमिफाइनल पुग्नु पनि आफैंमा इतिहास हो, किनभने यो नै उसको पहिलो अन्तिम चारको यात्रा हो, महिला युरोमा । तर डच टिमविरुद्ध अतिरिक्त समयसम्म खेल्नु उसका लागि घाटा हुन सक्नेछ किनभने उसको प्रतिद्वन्द्वी जर्मनीले दुई दिन बढी आराम लिन पाउनेछ । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७