आफ्नै घरभित्र जलिरहेको अवस्थामा महिलाको शव फेला


९ श्रावण २०७९, सोमबार
death

मोरङ । मोरङको विराटनगरमा आफ्नै घरभित्र जलेर मृत्यु भएको अवस्थामा आइतबार साँझ एक वृद्धा महिलाको शव भेटिएको छ । विराटनगर महानगरपालिका-९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव घरको कोठाभित्र जलेको अवस्थामा फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार आगोले जलेर वृद्धाको मृत्यु भएको खबर साँझ ७ः३० बजेतिर प्रहरीले प्राप्त गरेको थियो । वृद्धाका पति विजयसिंह कोठारीले प्रहरीलाई घटनाको जानकारी गराएका हुन् । विजयले आफू कामको शिलशिलामा बाहिर रहेको र घर पुगेपछि घटना थाहा पाएको बताएका छन् । प्रहरीका अनुसार घटना भएका बेला बुहारीलगायतका परिवारका अन्य सदस्य घरको माथिल्लो तलामा रहेका थिए । घरको माथिल्लो तलामा रहेकाहरुले घटनाका बारेमा थाहा नपाएको प्रहरीलाई बताएका छन् ।

कोठाको चुक्कुल भित्रबाट लगाएको र आगोले जलेको अवस्थामा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ । कोठा बन्द गरेर वृद्धा आफैले शरीरमा मट्टितेल छर्किएर आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । शव नजिकै मट्टितेलको ग्यालेन पनि भेटिएको छ । आगोले शरीर पूर्णरूपले जलेको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको डीएसपी कार्कीले जानकारी दिए । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७