गाउँपालिका अध्यक्ष १० करोड खर्चेर जिते, संसदमा त अर्ब लाग्ने होला : प्रचण्ड

‘प्रदेश र संघको निर्वाचनमा विचार र मुद्दा मिल्नेसँग सहकार्य गर्नुपर्छ’


९ श्रावण २०७९, सोमबार
prachanda
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र मुद्दा मिल्नेहरुसँग सहकार्य गरेर गठबन्धनलाई बलियो बनाउने बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा सोमबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विचार मिल्नेहरुको बीच सहकार्य गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले प्रदेश र संघको निर्वाचनमा भएकाले उनीहरुसँग सहकार्य हुने धारणा राखेका छन् । ‘गठबन्धनभित्र पनि सबैलाई न्याय होस्, तालमेल होस् भनेर कोशिस भइरहेको छ ।’

प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने टिप्पणी गरे । श्रमजीवि जनताले निर्वाचन जितेर आउने भनेको सपना जस्तो देखिएकाले दलाल पूँजीपतिहरु आउने खतरा दिन प्रतिदिन बढिरहेको उनको भनाई छ ।

उनले गाउँपालिकाको अध्यक्षमा चुनाव जित्नका लागि १० करोडसम्म खर्च गरेर जितेर आएकाले प्रदेश र संघको निर्वाचन जित्न करोड, अरबौं खर्च हुने बताए । मन्त्री हुन सांसद हुनुपर्ने भएकाले सांसद हुँदा खर्च गर्ने, मन्त्री र प्रधानमन्त्री हुन पनि करोडौं खर्च गर्नुपर्ने बताउँदै प्रचण्डले मन्त्री भएपछि लगानी उठाउने गरेकाले भ्रष्टाचार संस्थागत भएकोसमेत बताए। उनले अहिले निर्वाचन प्रणाली खतरामा पर्‍यो भनेर आन्दोलन नगरे यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न नसकिने समेत बताए ।

उनले अहिले निर्वाचन प्रणाली खतरामा पर्‍यो भनेर आन्दोलन नगरे यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न नसकिने समेत बताए । प्रचण्डले यस विषयमा राजनीतिक दलभित्र पनि छलफल गर्नु आवश्यक रहेको स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७